सेतो मच्छिन्द्रनाथ मन्दिर र कुमारी छेँ परियोजनाका लागि ठेक्का सम्झौतामा हस्ताक्षर ( २०७७ माघ २९ गते)

Seto and Kumari Signing

सेतो मच्छिन्द्रनाथ मन्दिर र कुमारी छेँको संरक्षण एवम् सवलीकरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र स्वीकृत ठेकेदारहरुबीच २०७७ माघ २९ गते ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भयो ।

उक्त हस्ताक्षर समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर, सोही प्रभागका दोस्रो सचिव तथा सहायक, INTACH का परियोजना परामर्शदाता, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का पदाअधिकारी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

ललितपुर महानगरपालिकाका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं जिल्ला वडा नं २५ का वडा अध्यक्ष, परियोजना स्थल उपभोक्ता समितिका प्रतिनिधिहरुको पनि सो समारोहमा उपस्थिति थियो । परियोजना व्वस्थापन परामर्शदाताको हैसियतमा INTACH ले यी दुई परियोजनाको निर्माण एवम् सवलीकरणको पर्यवेक्षण तथा अनुगमन गर्नेछ भने नेपाल सरकारका अधिकारीहरुसँग पनि मिलेर काम गर्नेछ ।

error: Content is protected !!