“नेपालको सांस्कृतिक सम्पदाको सम्मान र संरक्षण गर्दै”

परियोजनाका उद्देश्यहरु

भारत र नेपालबीचको सदियौंदेखिको पुरानो, निकट एवम् मैत्री सम्बन्ध र साझा सभ्यता तथा सांस्कृतिक सम्पदाले नेपालका २८ वटा सांस्कृतिक सम्पदाको भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि दुई देशले अघि बढाएको सहकार्यका लागि आधार तय गरेको छ । यी मध्ये सोपानकृत मन्दिर, बौद्ध गुम्बा,परम्परागत घर, हिन्दु मठ, सार्वजनिक भवन लगायतका १२ वटा सांस्कृतिक सम्पदा स्थलहरु काठमाडौं उपत्यकामा छरिएर रहेका छन् ।

दुई देशबीचको यो सहकार्य आपसी हितको क्षेत्रमा हातेमालो गर्ने र विशेष गरि २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्यायेका सांस्कृतिक सम्पदा स्थलहरुको संरक्षण र नेपालका अन्य हराएका वा क्षति पुगेका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सँगै मिलेर काम गर्ने प्रयासको रुपमा रहेको छ ।

साझेदारहरु

नेपालका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको कदर एवम् संरक्षण हेतु काम गर्दै

Embassy

भारत र नेपालले घनिष्ठ छिमेकीका रुपमा सन् १९४७ देखि मित्रता र सहयोगको अनुद्वितय सम्वन्ध गाँसेका छन् । नेपालमा भारत सरकारको सहायोग कार्यक्रम, आर्थिक अनुदानहरु, विशेष गरी शिक्षा, स्वास्थ्य र पुर्वाधारहरुका क्षेत्रमा सहज, छरितो र निर्वाधरुपमा जनतासमक्ष पुग्नु पर्छ भन्ने दृष्टिकोणबाट निर्देशित रहेको छ । काठमाण्डौं स्थित भारतीय दूतावासले नेपाल सरकारसंग नेपालको सांस्कृतिक सम्पदा, शिक्षा, आवास र स्वास्थ्य क्षेत्रमा भुकम्पपछिको पुनर्निमाण आयोजनालगायतका लागि काम गरिरहेको छ जुन २०१५ मा भएको नेपालको पुनर्निर्माण सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनमा भारत सरकारले प्रतिवद्धता गरेको युएसडी २५० मिलियन अनुदान सहित १ विलियन अमेरिकी डलरको एक भागको रुपमा रहेको छ ।

NepalReconstructionlogo

भुकम्प र त्यसपछिका पराकम्पनको कारणले भएका भौतिक क्षतिको शीघ्र पुनर्निर्माण गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको थियो । भुकम्प प्रभावित संरचनाको पुनर्निर्माण सम्वन्धि ऐन, २०१५ को धारा ३ वमोजिम २५ डिसेम्वर २०१५ मा यसको स्थापना भएको थियो । नेपालका आठ जिल्लामा फैलिएको सांस्कृतिक सम्पदा स्थलहरुको भुकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग प्रतिवद्धता दिएको छ । एन. आर. ए. यस परियोजनको लागी नेपाल सरकारको तर्फवाट मुख्य संचालक निकाय हो । प्राधिकरणको अख्तियारमा रहेको ऋीएक्ष्ग् (भवन) कार्यान्वयन गर्ने निकाय हो र यसले विभिन्न आयोजनाहरुको समन्वय गरिरहेको छ ।

INTACH

भारतमा सांस्कृतिक सचेतना तथा संरक्षणको अगुवाई गर्ने उदेश्यका साथ इण्डियन नेशनल ट्रस्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) को स्थापना सन् १९८४ मा भएको हो । भारतमा मात्रै १९० भन्दा धेरै मातहतको निकाय रहेको यस क्ष्ल्त्ब्ऋज् आज विश्वकै ठूलो सांस्कृतिक संगठनहरु मध्येको एक हो । INTACH ले गएको ३७ वर्षमा मूर्त तथा अमूर्त दुवै सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा उल्लेख्य काम गरेको छ । INTACH को पुरातात्विक सम्पदा महाशाखाले भारतको वृहत सम्पदाको सम्बर्धन र संरक्षणको क्षेत्रमा समर्पित भई काम गर्दै आएको छ । यस महाशाखाले सांस्कृतिक सम्पदाहरुको संरक्षण, अभिलेखिकरण र संरक्षण परियोजनाका लागि मापदण्ड निर्धारण गरेको छ ।

परियोजना पृष्ठभूमि

इन्टैक ले काठमाण्डौं उपत्यकामा छरिएर रहेका भिन्न – भिन्न भवनहरु समावेश गरी १२ सांस्कृतिक सम्पदा स्थलहरुको संरक्षणको लागि प्राविधिक विशेज्ञता प्रदान गर्दैछ । यसमा भुकम्पपछिको अवस्थाको मुल्यांकन अनुसार डीपीआर तयार गर्ने, यसको अद्धितिय वास्तुकला सम्पदा विशेषताहरुलाई स्वीकार गर्ने, भविष्यको सुरक्षालाई ध्यान दिने, भुकम्प प्रतिरोधी सुदृढिकरण प्रदान गर्ने र परियोजना कार्यान्वयनको सुपरिवेक्षण र अनुगमन समावेश छ ।

नयाँ थप

श्री गोपीचन्द्र महाविहारको निर्माण शुभारम्भ (२०७८ आषाढ २० गते)
क्षमा पुजासँगै श्री गोपीचन्द्र महाविहारको पुनस्र्थापनाको काम शुभारम्भ भयो । स्थानीय समुदायले गरेको सो पूजामा काठामाडौँस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH  का अधिकारीहरुको उपस्थिति थियो ।
INTACH का प्रमुख निर्देशकको काठमाडौं भ्रमण
INTACH AH महाशाखाका प्रमुख निर्देशक श्री दिवय गुप्ता ले २०७७ फाल्गुण १५ देखि १९ सम्म काठमाडौंको भ्रमण गर्नुभयो । भ्रमणको क्रममा वहाँले INTACH काठमाडौंका कर्मचारी सहित सेतो मच्छ्रिनद्रनाथ मन्दिरको भूमिपूजन कार्यक्रममा सहभागीता जनाउनुभयो ।
सेतो मच्छ्रिन्द्रनाथ मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तावबारे समुदायलाई जानकारी
सेतो मच्छ्रिन्द्रनाथको संरक्षण र प्रवलीकरणको कार्यान्वयनका लागि चुनिएको सबैभन्दा सफलबोलदाता÷ठेकेदार Prakritik-Sansuwal-Pawan JV केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच २०७७ माघ २९ गते ठेक्का सम्झौतामा हस्ताक्षर भइसके

शुभकामना मन्तव्य

error: Content is protected !!