समाचार र घटनाहरू

घटनाहरू

HiranyaGroundBreaking
हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि ठेक्का सम्झौतापत्रमा हस्ताक्षर

हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि २०७८ वैशाख ७ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), INTACH  र स्थानीय सामुदायका प्रतिनिधिहरुको उपस्थितिमा ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भयो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनको परिसरमा सो हस्ताक्षर समारोह सम्पन्न भएको थियो । कोभिड महामारीका कारण सो समारोहमा सिमित व्यक्तिहरुको उपस्थिति थियो ।

प्रशिक्षण र कार्यशालाहरू

DSC_2040-min
चाँडै आउँदैछ...

अन्तरक्रिया र बैठकहरू

IMG-20210301-WA0005
NTACH का प्रमुख निर्देशकको काठमाडौं भ्रमण

INTACH AH महाशाखाका प्रमुख निर्देशक श्री दिवय गुप्ता ले २०७७ फाल्गुण १५ देखि १९ सम्म काठमाडौंको भ्रमण गर्नुभयो । भ्रमणको क्रममा वहाँले INTACH काठमाडौंका कर्मचारी सहित सेतो मच्छ्रिनद्रनाथ मन्दिरको भूमिपूजन कार्यक्रममा सहभागीता जनाउनुभयो । INTACH टोलीले नेपालस्थित भारतीय दूतावाससँग समन्वय गर्दै भूमिपूजन कार्यक्रमको व्यवस्थापन कार्यमा आवश्यक सहयोग गरेको थियो । प्रमुख निर्देशक र INTACH टोलीले केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक, उप–परियोजना निर्देशक र इन्जिनियरसँग भेटघाट गरेका थिए ।

Facebook

error: Content is protected !!