ऐतिहासिक सहर पाटनमा रहेका पाँच महाविहार (इन्टेक परियोजना) मध्ये श्री नापिचन्द्र महाविहारको संयुक्त रुपमा समुद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत महामहीम श्री नवीन श्रीवास्तवबाट संयुक्त रुपमा समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा १२० भन्दा बढीको उपस्थितिमा भएको साे कार्यक्रमको अध्यक्षता ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्यले गरेका थिए ।