सेतो मच्छिन्द्रनाथ मन्दिरको निर्माण कार्य शुभारम्भ (२०७७ फाल्गुण १६ गते)

Seto Ground Breaking

२०७७ फाल्गुण १६ गतेका दिन नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर श्री हरिप्रभा खड्गीले सेतो मच्छिन्द्रनाथ मन्दिरको निर्माण शुभारम्भका लागि संयुक्त रुपमा भूमि पूजा सम्पन्न गर्नुभयो ।

सो समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष श्री नीलकाजी शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य श्री चन्द्र बहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्री श्यामकिशोर सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव श्री गोपाल प्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी श्री रामबहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी श्री सन्दीप खनाल र सेतो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका सदस्यहरुको सहभागीता थियो । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका अधिकारीहरुको पनि उक्त कार्यक्रममा उपस्थिति   थियो ।

INTACH टोलीको नेतृत्व AH महाशाखाका मुख्य निर्देशक दिभय गुप्ताले गरेका थिए । कार्यक्रमलाई सफल बनाउन INTACH को काठमाडौंस्थित कार्यलय तथा दिल्लीका कर्मचारीहरुले भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र सेतो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिसँग मिलेर काम गरेको थियो । सो समारोहमा सेतो मच्छिन्द्रनाथ मन्दिरको निर्माणका लागि INTACH ले प्रस्ताव गरेका संरक्षण र सवलीकरण कार्यबारे पनि जानकारी गराइएको थियो  ।

परियोजनास्थल जनबाहालका नेवारी समुदायका मानिसहरुको पनि सो समारोहमा उत्साहपूर्ण सहभागिता थियो । भारत सरकारको भूकम्प पुनर्निर्माण अनुदान अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदामध्ये यो पहिलो परियोजना हो ।

error: Content is protected !!